Logo

Jul 27 2025 | २०८२, साउन ११गते

Jul 27 2025 | २०८२, साउन ११गते

images

गैर आवासीय  नेपाली सघ पोर्चुगलको सपथग्रहण कार्यक्रम शनिबार  पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न

गैर आवासीय  नेपाली सघ पोर्चुगलको सपथग्रहण कार्यक्रम शनिबार  पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न

  • लिस्बोन पोर्चुगल ।गैर आवासीय  नेपाली सघ पोर्चुगलको सपथग्रहण कार्यक्रम शनिबार  पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भएको छ ।  एन आर एन ए पोर्चुगलको  दशौ महाधिवेशन बाट निर्वाचित अध्यक्ष  दीपा काफ्ले लगाएत सम्पुर्ण  कार्यसमितिका पदाधिकारी सहित सदस्यहरुलाई निर्वाचन समितिका सम्योजक गम्बिरजङ्ग गुरुङ्ग ले  पद तथा गोपनिएताको सपथ ग्रहण गराएका थिए ।

    porch1.jpeg

    यहि जुलाई 6 तारिखमा लिस्बोनमा सम्पन्न महाधिवेशनमा धेरै पदमा निर्बिरोध उमेदवारहरु निर्वाचित भएका थिए भने अध्यक्ष र कोषाध्यक्ष पदमा भने चुनाव गर्नु परेकोले सपथग्रहण कार्यक्रम ढिलो हुन गएको सम्योजक गुरुङ्ग ले बताए ।

    गैर आवासीय य नेपाली सघको केन्द्रिय सचिब तिलक प्रसाद गैर्हे को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा जन सम्पर्क मन्च पोर्चुगल का अध्यक्ष युवराज पन्थी , जन प्रगतीशिल मन्चका अध्यक्ष रेशम बस्नेत गैर आबासिय नेपाली सघ युरोप उपसम्योजक माधव पोख्रेल लगाएतको उपस्थिति रहेको थियो।

    नवनिर्वाचित आइसिसी सदस्यहरु राजकुमार गुरुङ्ग, बिनोद बुढाथोकी  र सरिता शर्मा निर्बिरोध निर्वाचित हुनु भएको छ भने कार्यसमितिमा अध्यक्ष दीपा काफ्ले उपाध्यक्षहरु प्रेम बहादुर बुढाप्रीथी,  गणेस गुरुङ्ग , शिवराज राई, नृपेश गिरि, सुदन निउरे, बिष्णु बहादुर घर्ती  र सरस्वती खनाल तिमिल्सिना, महिला उपाध्यक्ष मा पेमा डोल्मा शेर्पा  निर्वाचित भए  ।  

    त्यस्तै महासचिवमा गोबिन्द बुढाथोकी सचिवहरु सुरज भण्डारी, पुस्करराज जोशी र सुवास पौडेल निर्वाचित  भए । महिला सम्योजक खगिसरा न्यौपाने युवा संयोजक पेम्वा शेर्पा,  लेखा संयोजक सुरेश गिरी लगाएत निर्वाचित  भए  ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij