Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

सिन्धुलीको गोलञ्जोर-६ बाट एकै परिवारका १६ जना बेपत्ता, खोजी कार्य जारी(नामावलीसहित)

सिन्धुलीको गोलञ्जोर-६ बाट एकै परिवारका १६ जना बेपत्ता, खोजी कार्य जारी(नामावलीसहित)

  • सिन्धुली — सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकैको भण्डास बिप्पर कटेरी भन्ने स्थानबाट एकै परिवारका १६ जना सदस्य अचानक सम्पर्कविहीन भएका छन्। शुक्रबारदेखि बेपत्ता भएका उनीहरूको हालसम्म कुनै जानकारी नभएको जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले जनाएको छ।

    बेपत्ताहरूको खोजीका लागि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। साथै, उनीहरूको मोबाइल फोन ‘ट्रयाकिङ’ गरेर अवस्थिति पत्ता लगाउने प्रयाससमेत जारी रहेको प्रमुख जिल्ला अधिकारी ९सीडीओ० दिनेश सागर भुसालले जानकारी दिनुभयो।

    जिल्ला प्रशासन कार्यालयले बेपत्ता भएको परिवारको नामावली समेत सार्वजनिक गरेको छ। ५२ वर्षीया उर्मिला हायु नेतृत्वको परिवारमा उनका छोराछोरी, बुहारी, नाति–नातिनीसमेत छन्। बेपत्ताको विस्तृत नामावली यसप्रकार छस्

    १. उर्मिला हायु (५२) – आमा
    २.कमला हायु (२७) – छोरी
    ३. कोमल माया हायु (२३) – बुहारी
    ४. उषा हायु (२२) – छोरी
    ५. सुजता हायु (१९) – छोरी
    ६. अस्मिता हायु (१८) – छोरी
    ७. सान्ता हायु (१२)– छोरी
    ८. राजु हायु (२९) – छोरा
    ९. हिमाल हायु (२४) – छोरा
    १०. लाल बहादुर हायु (१६) – छोरा
    ११. बेग बहादुर हायु (१४) – छोरा
    १२. लक्की हायु (११) – छोरा
    १३. सुवर्ण हायु (१२) – छोरा
    १४. ओम कुमारी हायु(१०) – छोरी
    १५. अर्जुन हायु (१) – नाती
    १६. रियासा हायु (४) – नातिनी

    प्रशासनले हालसम्म उनीहरू अपहरण, दुर्घटना वा अन्य कुनै कारणले बेपत्ता भएको पुष्टि हुन नसकेको जनाएको छ। घटनाको प्रकृति गम्भीर रहेको र खोजी कार्यमा सबै सुरक्षा संयन्त्र परिचालन गरिएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij