Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

नेप्सेमा एक महिनामा १४ प्रतिशतको उछाल, विकास बैंक र लघुवित्त समूहको उल्लेखनीय वृद्धि

नेप्सेमा एक महिनामा १४ प्रतिशतको उछाल, विकास बैंक र लघुवित्त समूहको उल्लेखनीय वृद्धि

  • काठमाडौँ।नेपाली सेयर बजारमा पछिल्लो एक महिनाको अवधिमा उल्लेखनीय सुधार देखिएको छ। असार ९ गते २६ सय विन्दुमा रहेको नेप्से परिसूचक साउन १२ मा पुग्दा ३ हजारको नजिक पुगेको छ। यस अवधिमा परिसूचक ३७१.३१ विन्दुले उकालो लागेर झन्डै १४.२५ प्रतिशतले वृद्धि भएको छ।

    राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिपछि बजारमा सकारात्मक सन्देश प्रवाह भएको विश्लेषण गरिएको छ। मौद्रिक नीतिले लगानीकर्तामा आशावाद जगाउँदै बजारमा तेजी थपिएको हो।

    समूहगत प्रदर्शनमा सबैभन्दा बढी विकास बैंक समूह २४.५५ प्रतिशतले उकालो लागेको छ भने लघुवित्त समूह २१.१३ प्रतिशतले बढेको छ। यस्तै, अन्य समूह १८.३६ प्रतिशत, उत्पादन तथा प्रशोधन, बैंकिङ, फाइनान्स, बीमा, हाइड्रोपावर, होटल लगायत अधिकांश समूहमा समेत उल्लेखनीय सुधार देखिएको छ।

    तर, सबै समूह सकारात्मक नतिजा दिन सकेका छैनन्। ट्रेडिङ समूह भने ७.१५ प्रतिशतले घटेको एक मात्र समूह बनेको छ।

    कम्पनीगत उतारचढाव

    एक महिनाको अवधिमा केही कम्पनीका शेयर मूल्य उल्लेखनीय रूपमा उकालो लागेका छन्।

    • समता घरेलु लघुवित्तको मूल्य ६४.७९ प्रतिशतले बढेर ७६२ रुपैयाँबाट १२५६ रुपैयाँ पुगेको छ।

    • लुम्बिनी विकास बैंक ५०.३३ प्रतिशतले,

    • उन्नति सहकार्य लघुवित्त ४०.११ प्रतिशतले,

    • इन्फिनिटी लघुवित्त ३८.७७ प्रतिशतले

    • मुक्तिनाथ विकास बैंक, विन्द्यवासिनी हाइड्रो, शिवम सिमेन्ट, थ्री स्टार हाइड्रो, फस्ट माइक्रोफाइनान्स, र ग्रिन भेन्चर्स जस्ता कम्पनी पनि ३० प्रतिशतभन्दा बढीले बढेका छन्।

    हालै मात्र सूचीकरणमा आएका सान्भी पावर र ट्रेड टावर जस्ता कम्पनीहरूलाई भने धेरै बढेका शीर्ष १० कम्पनीमा गणना गरिएको छैन।

    केही कम्पनीको गिरावट

    विपरीत रुपमा, केही कम्पनीका शेयर मूल्यमा गिरावट पनि देखिएको छ।

    • जोशी हाइड्रोपावरको शेयर ११ प्रतिशतले घटेर सबैभन्दा बढी घट्ने कम्पनी बनेको छ।

    • रसुवागढी हाइड्रो, दोर्दी खोला, गार्डियन माइक्रो लाइफ, हिमालयन पावर, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका कम्पनीमा पनि उल्लेखनीय गिरावट आएको छ।

    साना गिरावट भोग्नेमा नारायणी डेभलपमेन्ट बैंक, प्योर इनर्जी, मध्य भोटेकोशी र युनियन हाइड्रोपावर रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij