
काठमाडौँ । मंगलबार सुनको मूल्य ६०० रुपैयाँ घटेर प्रतितोला १ लाख ९३ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेर १ लाख ९३ हजार रुपैयाँ कायम भएको हो।
यअसघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा २ हजार २९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij