
काठमाडौँ । गत असार २३ गते मध्यरातमा रसुवामा आएको भिषण बाढी र पहिरोले पु¥याएको क्षतिबापत् ८४ करोड रुपैयाँ भन्दा बढीको बिमा दाबी गरिएको छ । साउन ८ गतेसम्मबिमा प्राधिकरणका अनुसार गत साता गरिएको एक आकलन अनुसार विभिन्न ११ निर्जीवन बिमा कम्पनीहरूमा कुल ८४ करोड ३८ लाख १० हजार रुपैयाँको रुपैयाँ बराबरको ६८ वटा मागदाबी गरिएको हो ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी रकमको बिमा दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । उक्त कम्पनीमा जम्मा २ वटा दाबी मार्फत ५५ करोड रुपैयाँ माग गरिएको छ । शिखर इन्स्योरेन्समा १२ वटा दाबी बापत् १६ करोड ८५ लाख १० हजार रुपैयाँ दाबी गरिएको छ ।
सोही गरी नेको इन्स्योरेन्समा ३ वटा दाबीमा ५ करोड १२ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ वटा दाबीमा २ करोड ६५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा १२ वटा दाबीमा १ करोड २८ लाख ५० हजार रुपैयाँ र यूनाइटेड अजोड इन्स्योरेन्समा ९ वटा दाबीमा ९१ लाख रुपैयाँको दाबी परेको छ ।
आइजिआई प्रुडेन्सियलमा ९ वटामा ७५ लाख ५० हजार रुपैयाँ, सानिमा जिआईसीमा ६ वटामा ७५ लाख रुपैयाँ, एनएलजीमा ६ वटामा ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरमा ७ वटामा ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा ६ वटामा २८ लाख रुपैयाँ बिमा भुक्तानी दाबी परेको छ । प्राधिकरणको तथ्यांक अनुसार हालसम्म सम्पत्ति बिमामा ६ वटा दाबी ५८ करोड १ लाख रुपैयाँ, सामुद्रिक बिमामा ७ वटामा १६ करोड २३ लाख १० हजार रुपैयाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिममा ३ वटामा ५ करोड ४० लाख रुपैयाँ, मोटर बिमा (सार्वजनिक) मा ३८ वटा वापत २ करोड ५९ लाख ५० हजार रुपैयाँ र मोटर बिमा(निजी)मा १४ वटा वापत २ करोड १४ लाख ५० हजार रुपैयाँ बिमा दाबी परेको हो ।बाढीपहिरोबाट प्रभावित भएका बीमितहरुले क्षतिपूर्तिका लागि सम्बन्धित बीमा कम्पनीहरुमा दाबी पेस गरेको हुन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij