Logo

Aug 22 2025 | २०८२, भदौ ६गते

Aug 22 2025 | २०८२, भदौ ६गते

images

निकासी पैठारीमा खुला सीमा चुनौती रहेको उद्योग मन्त्रीको भनाइ

निकासी पैठारीमा खुला सीमा चुनौती रहेको उद्योग मन्त्रीको भनाइ

  • काठमाडौँ । निकासी पैठारीमा खुला सीमा चुनौती रहेको औँल्याइएको छ ।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले यस्तो बताएका हुन् ।मंगलबार राजधानीमा आयोजित ‘३१ औँ  कार्गो डे’मा मन्त्री भण्डारीले  खुला सीमाका कारणले चोरी निकासी भइरहेको र करोडौँ राजस्वसमेत गुमिरहेको बताए। मन्त्री भण्डारीका अनुसार खुला सीमाका कारण निकासी पैठारीमा चुनौती बढी रहेको छ । यसबारे सरकार गम्भीर भएर सोचिरहेको छ ।

    उद्योगमन्त्री भण्डारीले छिमेकी मुलुकहरुसँगको व्यापारी सम्बन्धलाई वृद्धिसँगै व्यवस्थित गर्न सरकार गम्भीर रहेको बताए छ। अब व्यवसायहरुलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताउँदै उनले भने, ‘खुला सीमाका कारणले चोरी निकासी भइरहेको र करोडौँ राजस्वसमेत गुमिरहेको छ। खुला सीमाका कारण बढिरहेको चुनौतीका बारेमा सरकार गम्भीर रहेको छ। चोरी निकासीबाट भन्दा पछि अधिकतम रुपमा भन्सार बिन्दु हुँदै वैधानिक बाटाबाट कसरी समानहरु भित्र्याउन  भन्नेमा हामी लागिरहेका छौँ। व्यापारलाई सहजीकरण गर्ने नीति सरकारले अख्तियार गरेको छ।’

    निकासी पैठारीसम्बन्धी पुराना कानूनहरुलाई सरकारले समयानुकुल परिवर्तन गर्नका लागि संसदमा संशोधनको प्रस्ताव दर्ता गराइसकेको जानकारी दिँदै मन्त्री भण्डारीले निकासी पैठारीको समस्या समाधान गर्न सरकार लागि परेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij