Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

फ्रि वाइफाइमा सरकारको निगरानी: विनियम विपरीत हटस्पट चलाउनेमाथि कारबाहीको चेतावनी

फ्रि वाइफाइमा सरकारको निगरानी: विनियम विपरीत हटस्पट चलाउनेमाथि कारबाहीको चेतावनी

  •  

    काठमाडौँ । नेपालका मोबाइल सेवा प्रदायक कम्पनीहरूको आम्दानीमा आएको गिरावटसँगै सरकारले निःशुल्क वाइफाइ हटस्पटमाथि निगरानी कडा गर्ने संकेत दिएको छ।

    हाल इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले देशभर २५ हजारभन्दा धेरै स्थानमा फ्रि वाइफाइ हटस्पट सञ्चालन गर्दै आएको छ। तर, त्यस्ता वाइफाइ हटस्पटका कारण टेलिकम र एनसेलको डेटा प्रयोग घटेको भन्दै सेवा प्रदायक कम्पनीहरूले गुनासो गरिरहेका छन्।

    यसै सन्दर्भमा नेपाल दूरसञ्चार प्राधिकरणले ‘हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५’ उल्लंघन गर्ने कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।

    प्राधिकरणले स्पष्ट पारेको छ कि, केवल आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा आधारभूत टेलिफोन सेवाको अनुमति प्राप्त सेवा प्रदायकहरूले मात्र सिमलेस कनेक्टिभिटी, रोमिङ र मोबिलिटी प्रदान गर्न सक्छन्।

    हालसम्म प्राधिकरणबाट नेपाल टेलिकमलाई मात्र आधारभूत दूरसञ्चार सेवा, र एनसेल तथा टेलिकमलाई मोबाइल टेलिफोन सेवाको अनुमति दिइएको छ। अन्य इन्टरनेट सेवा प्रदायकहरूले निर्धारित शर्तअनुसार मात्र वाइफाइ हटस्पट सेवा सञ्चालन गर्नुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij