Logo

Aug 01 2025 | २०८२, साउन १६गते

Aug 01 2025 | २०८२, साउन १६गते

images

लिपमोटर 810 को स्रिक प्रिभ्यू काठमाडौंमा सम्पन्न

लिपमोटर 810 को स्रिक प्रिभ्यू काठमाडौंमा सम्पन्न

  • काठमाडौं, २०८२ साउन १५ - नेपालमा लिपमोटर गाडीहरूको एकमात्र आधिकारिक आयातकर्ता सा‌ङ्ग्रिला मोटर्स प्रा. लि. ले साउन १४ गते, उत्तरढोकास्थित आफ्नै शोरूममा लिपमोटर 810 को 'स्त्रिक प्रिभ्यूः कार्यक्रम आयोजना गर्यो। यस कार्यक्रममा केहि मिडिया प्रतिनिधिहरू र अटो पारखीहरूले यो प्रतिक्षित इलेक्ट्रिक गाडीको पहिलो झलक पाउने अवसर पाए जसले स्मार्ट डिजाइन, आधुनिक सुविधाहरु र सहज प्रदर्शनका कारण पहिले नै चर्चा बटुलिरहेको छ।

    नेपालमा पहिलो पटक भित्र्याउन लागिएको लिपमोटर B10 ले विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ। ६७.१ kWh ब्याट्री सहितको यो मोडेलले एकपटक चार्ज गर्दा ४६० किमी (WLTP) सम्मको रेज्ज दिन्छ। यसमा जडान गरिएको १६० kw मोटरले पावर र स्पीडलाई सन्तुलनमा राख्छ भने युरोपेली NCAP को ५-स्टार सेफ्टी रेटिङ्गले यात्रुको सुरक्षामा प्राथमिकता दिन्छ।

    स्त्रिक प्रिभ्यू कार्यक्रममा उपस्थित अतिथिहरूले गाडीको आकर्षक डिजाइन, स्मार्ट फिचरहरू र उत्कृष्ट ड्राइभिङ्ग प्रत्यक्ष अनुभव गर्न पाए, जसले नेपाली इभी बजारमा नयाँ स्तर स्थापना गर्ने अपेक्षा गरिएको छ।

    लिपमोटर 810 को औपचारिक लन्च तथा प्राईस रिभिल आगामी NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा गरिनेछ। यो एक्स्पो नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) को आयोजनामा श्रावण २१-२५ गते (अगस्ट ६-१०) सम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। यद्यपि मूल्य घोषणा उक्त कार्यक्रममा गरिने भए पनि, Leapmotor B10 को मूल्य रु. ६० लाखभन्दा कम हुने अनुमान गरिएको छ, जसले यसलाई आफ्नो सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बनाउनेछ।

    सा‌ङ्ग्रिला मोटर्स प्रा. लि. का प्रबन्ध निर्देशक श्री हेमन्त गोल्छाले भन्नुभयो, "आजको स्रिक प्रिभ्यू कार्यक्रम, यो गाडीले के दिन सक्छ भन्ने कुराको झलक मात्र हो। डिजाइन, प्रविधि र पर्फर्मेन्सका हरेक हिसाबले लिपमोटर 810 साँच्चिकै 'पर्फेक्ट 10' हो। हामी यसलाई सार्वजनिक रूपमा NAIMA एक्स्पोमा प्रस्तुत गर्न उत्साहित छौँ र यसले नेपाली ग्राहकको इभीप्रति सोचाइ नै परिवर्तन गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं।"

    गोल्छा अर्गनाइजेसन अन्तर्गतको साङ्ग्रिला मोटर्सले सधैं नवीनतम, वातावरणमैत्री मोबिलिटी समाधानहरू ल्याउने आफ्नो उद्देश्यलाई निरन्तरता दिँदै आएको छ। पुजो, सिटून र लिपमोटर जस्ता ब्रान्डहरू समेटेको यस कम्पनीले स्मार्ट र वातावरणमैत्री गाडीको प्रयोग विस्तार गर्ने प्रतिबद्धता लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij