Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

शेयर कारोबारको खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य

शेयर कारोबारको खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य

  •  

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर कारोबारको खाता खोल्दा अब अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र (NID) नम्बर आवश्यक पर्ने व्यवस्था लागू गरेको छ। सार्वजनिक सूचना जारी गर्दै नेप्सेले सबै ब्रोकर कम्पनीहरूलाई नयाँ खाता खोल्ने क्रममा ग्राहकको राष्ट्रिय परिचय पत्र नम्बर लिन अनिवार्य गर्न पत्राचार गरेको हो।

    नेप्सेले आफ्नै कारोबार प्रणाली (TMS) प्रयोग गरिरहेका ब्रोकरहरूलाई पनि यस परिवर्तनको लागि आवश्यक तयारी गर्न निर्देशन दिएको छ। यो कदम वित्तीय कारोबारमा पारदर्शिता, सुरक्षाको प्रत्याभूति र नियामकीय अनुगमनलाई थप प्रभावकारी बनाउनका लागि उठाइएको मानिन्छ। अब ग्राहकहरूले खाता खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र बुझाउनु पर्नेछ, जसले ग्राहक पहिचान प्रक्रिया (KYC) लाई अझ सशक्त बनाउनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij