Logo

Aug 04 2025 | २०८२, साउन १९गते

Aug 04 2025 | २०८२, साउन १९गते

images

झापा इनर्जी लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने आज अन्तिम दिन

  • काठमाडौं । झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासनमा ल्याएको प्राथमिक शेयर (आईपीओ) खरीद गर्ने आज साउन १८ गते अन्तिम दिन हो। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ सार्वजनिक गरेको हो।

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी कम्पनीले आफ्नो जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको २५ प्रतिशत अर्थात् ९ करोड ५० लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको ९ लाख ५० हजार ४७५ कित्ता शेयर निष्कासन गरिरहेको छ। यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता शेयर छुट्याइएको छ।

    यससँगै आयोजनाबाट प्रभावित झापा जिल्लाको शिवसताक्षी नगरपालिका–४ का स्थानीय बासिन्दाहरूका लागि पनि कुल ३ लाख ८० हजार १ सय ९० कित्ता शेयर आरक्षित गरिएको छ। प्रभावित क्षेत्रमा आयोजना स्थल आसपासका १०० मिटर भित्रका बासिन्दाहरूका लागि १ लाख ९० हजार ९५ कित्ता र सो क्षेत्र बाहेकका वडा नं। ४ का अन्य बासिन्दाहरूका लागि बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर छुट्याइएको हो।

    आवेदन अवधि स्थानीय बासिन्दाहरूका लागि साउन २८ गतेसम्म रहनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा भदौ १२ गतेसम्म लम्ब्याइनेछ। दुवै समूहका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

    वैदेशिक नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि(आस्बा सदस्य बैंक तथा तिनका शाखाबाट आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाहरूले हिमालयन बैंकको दुधे, दमक र सुरुङ्गा शाखा तथा आयोजना स्थलबाट फाराम बुझाउन सक्नेछन्। फाराम शुल्क २ रुपैयाँ तोकिएको छ।

    आईपीओ निष्कासनको लागि गराइएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर सिंगल बी माइनस’ रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

    झापा इनर्जीले १० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण गरी २०८० साल असार २५ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ। आर्थिक वर्ष २०८०र८१ सम्म कम्पनी ३ लाख ४८ हजार रुपैयाँभन्दा बढी सञ्चित नाफामा रही ५० पैसा प्रतिशेयर आम्दानी र १०० रुपैयाँ १२ पैसा प्रतिशेयर नेटवर्थ कायम गर्न सफल भएको छ।झापा इनर्जी लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने आज अन्तिम दिन
    काठमाडौं — झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासनमा ल्याएको प्राथमिक शेयर ९आईपीओ० खरीद गर्ने आज साउन १८ गते अन्तिम दिन हो। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ सार्वजनिक गरेको हो।

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी कम्पनीले आफ्नो जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको २५ प्रतिशत अर्थात् ९ करोड ५० लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको ९ लाख ५० हजार ४७५ कित्ता शेयर निष्कासन गरिरहेको छ। यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता शेयर छुट्याइएको छ।

    यससँगै आयोजनाबाट प्रभावित झापा जिल्लाको शिवसताक्षी नगरपालिका–४ का स्थानीय बासिन्दाहरूका लागि पनि कुल ३ लाख ८० हजार १ सय ९० कित्ता शेयर आरक्षित गरिएको छ। प्रभावित क्षेत्रमा आयोजना स्थल आसपासका १०० मिटर भित्रका बासिन्दाहरूका लागि १ लाख ९० हजार ९५ कित्ता र सो क्षेत्र बाहेकका वडा नं। ४ का अन्य बासिन्दाहरूका लागि बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर छुट्याइएको हो।

    आवेदन अवधि स्थानीय बासिन्दाहरूका लागि साउन २८ गतेसम्म रहनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा भदौ १२ गतेसम्म लम्ब्याइनेछ। दुवै समूहका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

    वैदेशिक नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि(आस्बा सदस्य बैंक तथा तिनका शाखाबाट आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाहरूले हिमालयन बैंकको दुधे, दमक र सुरुङ्गा शाखा तथा आयोजना स्थलबाट फाराम बुझाउन सक्नेछन्। फाराम शुल्क २ रुपैयाँ तोकिएको छ।

    आईपीओ निष्कासनको लागि गराइएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर सिंगल बी माइनस’ रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

    झापा इनर्जीले १० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण गरी २०८० साल असार २५ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ। आर्थिक वर्ष २०८०र८१ सम्म कम्पनी ३ लाख ४८ हजार रुपैयाँभन्दा बढी सञ्चित नाफामा रही ५० पैसा प्रतिशेयर आम्दानी र १०० रुपैयाँ १२ पैसा प्रतिशेयर नेटवर्थ कायम गर्न सफल भएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij