Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ बाँडफाँट

स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ बाँडफाँट

  •  

    काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्राथमिक शेयर ९आईपीओ० साउन १६ गते बाँडफाँट गरेको छ। कम्पनीले असार २७ गतेदेखि साउन ९ गतेसम्म २३ लाख १० हजार रुपैयाँ बराबरको २३ हजार १०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो। तोकिएको समयभित्र रीतपूर्वक आवेदन दिएका २ हजार ३१० जना आवेदकहरूमध्ये प्रत्येकलाई बराबरको १०–१० कित्ता शेयर बाँडफाँट गरिएको हो।

    स्वस्तिक लघुवित्तले आफ्नो कुल जारी पूँजीको ४० प्रतिशत अर्थात् २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट पश्चात् अब कम्पनीले थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। आगामी निष्कासनमा १ हजार १५५ कित्ता शेयर कर्मचारीहरूका लागि, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी १ लाख ९५ हजार १९५ कित्ता सर्वसाधारणलाई खुला गरिनेछ।

    कम्पनीको अधिकृत पूँजी ६ करोड रुपैयाँ र हालको जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँ रहेको छ। आईपीओ निष्कासनपछि कम्पनीको जारी पूँजी पूर्णरूपमा कायम हुनेछ। अघिल्लो आर्थिक वर्ष ०८०र८१ सम्म स्वस्तिक लघुवित्तले २ करोड ४८ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा आर्जन गरेको थियो। यद्यपि, सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी नकारात्मक रहँदै प्रतिशेयर नोक्सानी ३ रुपैयाँ ९८ पैसा देखिएको छ। हाल कम्पनीको प्रतिशेयर नेटवर्थ भने १७१ रुपैयाँ ७८ पैसा रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij