Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

मनकामना इन्जिनियरिङ हाइड्रोपावर गत आर्थिक वर्षमा २ करोड रुपैयाँभन्दा बढी नोक्सानीमा

मनकामना इन्जिनियरिङ हाइड्रोपावर गत आर्थिक वर्षमा २ करोड रुपैयाँभन्दा बढी नोक्सानीमा

  •  

    काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड चालू आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ७ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा देखिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीले नोक्सानी आधाभन्दा बढीले घटाउन सफल भएको हो। अघिल्लो वर्ष कम्पनीको नोक्सानी ४ करोड १६ लाख रुपैयाँभन्दा बढी रहेको थियो।

    नोक्सानी घट्नामा आम्दानीमा १० प्रतिशतले भएको वृद्धि र वित्तीय खर्च करिब २७ प्रतिशतले घट्नु मुख्य कारण हो। अघिल्लो वर्ष १० करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्ष १२ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै, वित्तीय खर्च अघिल्लो वर्षको ९ करोड २७ लाख रुपैयाँबाट घटेर ६ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ।

    हाल कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ करोड रुपैयाँभन्दा बढी रहेको उल्लेख गरिएको छ। तथापि, कम्पनी वार्षिक रुपमा प्रतिशेयर २ रुपैयाँ ६० पैसा नोक्सानीमा रहेको छ भने हालको प्रतिशेयर नेटवर्थ ६३ रुपैयाँ ७७ पैसा कायम छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij