Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

नारायणगढ–बुटवल सडक आयोजनालाई बाँकी काम पूरा गर्न  अन्तिम पटकका लागि एक वर्षको म्याद विस्तार

नारायणगढ–बुटवल सडक आयोजनालाई बाँकी काम पूरा गर्न  अन्तिम पटकका लागि एक वर्षको म्याद विस्तार

  • काठमाडौं । नारायणगढ–बुटवल सडक आयोजनालाई बाँकी काम पूरा गर्न  अन्तिम पटकका लागि एक वर्षको म्याद दिइएको छ ।  आयोजनाका अनुसार अन्तिम पटकका लागि  काम सक्न पर्ने म्याद  ९ साउन २०८३ सम्म विस्तार गरिएको हो । यो सडक आयोजनाको हालको भौतिक प्रगति ७० प्रतिशत रहेको छ ।  यो अवधिमा आयोजनाको सम्पूर्ण कार्य सम्पन्न हुने विश्वास गरिएको छ ।

    नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति ७० प्रतिशत पुगे पनि काम सुस्त गतिमा अगाडि बढ्दा सरकारको समेत चर्को आलोचना हुँदै आएको छ ।कुल ११४.५३ किलोमिटर लामो यो सडक खण्डमा दाउन्ने बाहेक सबै स्थानमा कालोपत्र भएसँगै यात्रा सहज भइसकेको आयोजनाका अधिकारीहरूको भनाइ छ ।

    दाउन्ने क्षेत्रको १३ किलोमिटर सडकमा भने अहिले पनि सास्तीखेप्नु परेको छ । खासगरी पानी परेको समयमा सवारीसाधन चिप्लिँदा यात्रा प्रभावित हुने गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij