Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश

राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश

  • काठामाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८१ /०८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

    राष्ट्रपतिको कार्यालयमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम ती दुई आयोगले आ–आफ्नो आयोगको प्रतिवेदन पेश गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आ–आफ्नो आयोगको प्रतिवेदन पेश गर्नुभएको हो । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij