Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

सडक विस्तार गर्दा सुरक्षाको विषय अनिवार्य समेटिन्छ : मन्त्री दाहाल

सडक विस्तार गर्दा सुरक्षाको विषय अनिवार्य समेटिन्छ : मन्त्री दाहाल

  •  

     

    काठमाडौँ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक निर्माण र विस्तारसँगै सडक सुरक्षा चुनौती बनिरहेको बताउनुभएको छ । 

     

    आज ललितपुरमा नेपाल अटोमोबाइल एसोसिएसन नेपाल(नासाले आयोजना गरेको अटोमोबाइल तथा मोबिलिटी पोलिसीसम्बन्धमा आयोजित दुईदिने कार्यक्रमको समापन समारोहमा उहाँले सडक सञ्जाल विस्तारका क्रममा सडक सुरक्षाको विषयलाई अनिवार्य समेटिने गरेको पनि बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । नेपालको भौगोलिक तथा धरातलीय विशिष्टताका कारण पनि सडक सुरक्षाको विषयमा सम्झौता गर्न नहुने मन्त्री दाहालले बताउनुभयो ।

     

    सडक सुरक्षालाई कानुनी रुपमा स्थापित गर्न सडक सुरक्षा ऐन निर्माण अन्तिम चरणमा पुगेको उहाले जानकारी दिनुभयो ।

     

    कार्यक्रममा मोरङका शेखरचन्द्र राईलाई सडक सुरक्षा अवार्ड प्रदान गरियो । त्यस अवसरमा विभिन्न कार्यपत्रमाथि छलफल भएको आयोजक संस्थाका कार्यकारी निर्देशक गोविन्द भट्टराईले जानकारी दिनुभयो ।

     

    सोही कार्यक्रममा मन्त्री दाहालले नेपालमा विद्युतीय सवारीका बारेमा सुरु हुने अनुसन्धानको शुभारम्भ पनि गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij