Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

काम समयमा नसकाउने ११ निर्माण कम्पनी कालोसूचीमा, अब २ वर्षसम्म खरिद प्रक्रियामा सहभागी हुन नपाउने

काम समयमा नसकाउने ११ निर्माण कम्पनी कालोसूचीमा, अब २ वर्षसम्म खरिद प्रक्रियामा सहभागी हुन नपाउने

  • काठमाडौं। समयमा जिम्मेवारी पूरा नगरेका ११ वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। कार्यालयले सोमबार एक सूचना जारी गर्दै विभिन्न सरकारी निकायबाट प्राप्त सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो।

    सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) अनुसार कारबाही गर्दै ती कम्पनीहरूलाई एकदेखि दुई वर्षको लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख गरिएको छ। यस अवधिभर ती कम्पनीहरूले कुनै पनि सरकारी खरिद प्रक्रिया वा टेन्डरमा भाग लिन नपाउने छन्।

    समयमै तोकिएको निर्माण कार्य सम्पन्न नगरेका कारण यी कम्पनीहरू कारबाहीमा परेका हुन्। कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनीहरूको नामावली र सम्बन्धित जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा हेर्न सकिन्छ।

    news_0cm1xxfwfy2.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij