Logo

Aug 04 2025 | २०८२, साउन १९गते

Aug 04 2025 | २०८२, साउन १९गते

images

वीरगञ्जको जेजे एग्जिम र  काठमाडौँको आदित्य इन्टरनेशनलद्वारा ड्राइफ्रुट्स र मसलाजन्य कारोबारमा ठूलो मात्रामा राजस्व छली

वीरगञ्जको जेजे एग्जिम र  काठमाडौँको आदित्य इन्टरनेशनलद्वारा ड्राइफ्रुट्स र मसलाजन्य कारोबारमा ठूलो मात्रामा राजस्व छली

  • वीरगञ्ज/काठमाडौँ । वीरगञ्जको जेजे एग्जिम प्रालि र काठमाडौँको आदित्य इन्टरनेशनलले ठूलो मात्रामा राजस्व छली गरेको छ । वीरगञ्जको आदर्शनगरमा रहेको जेजे एग्जिम प्रालि र काठमाडौँको कीर्तिपुर , टौदहमा रहेको आदित्य इन्टरनेशनलले ड्राइफ्रुट्स र मसलाजन्य मालवस्तुको कारोबारमा ठूलो मात्रामा राजस्व छली गरिरहेको हो ।

    जयप्रकाश अग्रवाल र शिवम् अग्रवालद्वारा सञ्चालित जेजे एग्जिम र आदित्य इन्टरनेशनलले ड्राइफ्रुट्स र मसलाजन्य वस्तुहरूको आयात र थोक बिक्री वितरण गर्दा ठूलो मात्रामा भन्सार राजस्व छली गरिरहेको व्यापारीहरूले बताएका छन् । काजु , किसमिस, छोकडा, बदाम तथा अन्य ड्राइफ्रुट्सहरूको ठूलो कारोबार गर्ने वीरगञ्जको जेजे एग्जिमका सञ्चालक जयप्रकाश अग्रवाल ड्राइफ्रुट्सको ठूला कारोबारी हुन् । यस्तै मसलाजन्य वस्तुहरू जीरा , धनिया, मरिच, ल्वाङ, ज्वानोलगायत मसलाजन्य वस्तुहरूको ठूलो कारोबारी पनि जयप्रकाश नै हुन् । जयप्रकाशले वीरगञ्जको कारोबार सम्हाल्छन् भने उनका छोरा शिवम् अग्रवालले काठमाडौँमा रहेको आदित्य इन्टरनेशल सम्हाल्ने  गर्दछन् । आदित्य इन्टरनेशनलले विभिन्न मसलाजन्य मालवस्तुको प्याकेजिङ गरेर समेत बिक्री वितरण गर्ने गर्दछ । काठमाडौँमा आदित्य इन्टरनेशनल मसलाजन्य वस्तुको ठूलो कारोबारी हो । कीर्तिपुर र ललितपुरबाट आदित्य इन्टरनेशनले ड्राइफ्रुट्स र मसलाजन्य वस्तुको ठूलो कारोबार गर्दछ ।

    काजु , किसमिस, छोकडा, बदाम तथा अन्य ड्राइफ्रुट्सहरूको ठूलो कारोबार गर्ने वीरगञ्जको जेजे एग्जिमका सञ्चालक जयप्रकाश अग्रवाल ड्राइफ्रुट्सको ठूला कारोबारी हुन् । यस्तै मसलाजन्य वस्तुहरू जीरा , धनिया, मरिच, ल्वाङ, ज्वानोलगायत मसलाजन्य वस्तुहरूको ठूलो कारोबारी पनि जयप्रकाश नै हुन् । जयप्रकाशले वीरगञ्जको कारोबार सम्हाल्छन् भने उनका छोरा शिवम् अग्रवालले काठमाडौँमा रहेको आदित्य इन्टरनेशल सम्हाल्ने  गर्दछन् । आदित्य इन्टरनेशनलले विभिन्न मसलाजन्य मालवस्तुको प्याकेजिङ गरेर समेत बिक्री वितरण गर्ने गर्दछ ।

    जेजे एग्जिम प्रालि र आदित्य इन्टरनेशनलले भन्सार छली , मालवस्तुको चोरी पैठारी तथा न्यून मूल्यांकन गरेर ड्राइफ्रुट्स र मसलाजन्य वस्तुको  आयात र थोक बिक्री वितरण गर्ने गर्दछन् ।  साथै उनीहरूका दुवै फर्मले बजारमा बिना भ्याट बिल सामान बिक्री गर्ने गरेको बताइन्छ । वार्षिक करोडौँको कारोबार गर्ने जेजे एग्जिम र आदित्य इन्टरनेशनले छिमेकी मुलुक भारत , चीन र अन्य तेस्रो मुलुकबाट समेत ड्राइफ्रुट्स र मसलाजन्यवस्तुको आयात गर्ने गरेको बताइन्छ । यससम्बन्धमा आदित्य इन्टरनेशनलमा सम्पर्क गर्दा महेन्द्र अग्रवालले अधिकांश सामान भारतबाट आउने र आफूहरूले उद्योगमा दर्ता गरेरै मसलाजन्य वस्तुको रिप्याकेजिङ गर्ने गरेको बताए । उनले आफूलाई भन्दा शिवम् अग्रवालसँग कुरा गर्न भनेपनि शिवम् अग्रवाल सम्पर्कमा आउन चाहेनन् । यता राजस्व अनुसन्धान विभागले  राजस्व चुहावट र छली गर्नेहरूलाई कारबाही गर्ने बतायो भने भन्सार विभागले भन्सार चोरी पैठारी गर्नेलाई राज्यका सम्बन्धित निकायले हदैसम्मको काराबही गर्नुपर्ने बतायो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij