Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

वरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद भदौ ३ गतेसम्म थप

वरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद भदौ ३ गतेसम्म थप

  •  

    काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने समयसीमा भदौ ३ गतेसम्म बढाइएको छ। अब लगानीकर्ताले सो मितिसम्म हकप्रद शेयरको आवेदन दिन सक्नेछन्।

    कम्पनीले हाल कायम १ कित्ता बराबर १ कित्ता को अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको छ। कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरिएको हो, जसको कुल आकार रु ५३ करोड ५८ लाख १५ हजार बराबरको छ।

    यस हकप्रद शेयरमा २०७८ जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन्।

    शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड ले लिएको छ। साथै, इच्छुक लगानीकर्ताले आरबिबि मर्चेन्ट बैंकिङसँगै राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरू – वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी, र धरानबाट पनि आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij