Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

तेह्रथुम पावरको हकप्रद शेयर बाँडफाँट सम्पन्न, बाँकी ४.१८ लाख कित्ता लिलामीमा बिक्री हुने

तेह्रथुम पावरको हकप्रद शेयर बाँडफाँट सम्पन्न, बाँकी ४.१८ लाख कित्ता लिलामीमा बिक्री हुने

  •  

    काठमाडौं ।तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि साउन ११ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयर आइतबार बाँडफाँट भएको छ। कम्पनीले हालको चुक्ता पुँजी ४० करोड रुपैयाँ बराबरको १:१ अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो।

    यसमा २०७८ जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले आवेदन दिएका थिए। कम्पनीले प्राप्त रितपूर्वक आवेदनका आधारमा ३५ लाख ८१ हजार २६२ कित्ता शेयर योग्य आवेदकलाई बाँडफाँट गरेको छ।

    बाँकी रहेको ४ लाख १८ हजार ७३८ कित्ता शेयर अब लिलामी प्रक्रियामार्फत बिक्री गरिने भएको छ। लिलामीको मिति र विवरण कम्पनीले चाँडै सार्वजनिक गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij