Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७% विद्यार्थी उत्तीर्ण, ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ मा

कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७% विद्यार्थी उत्तीर्ण, ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ मा

  •  

    काठमाण्डाै ।  राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डको हालै सम्पन्न बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।

    बोर्डका अनुसार यस वर्ष कक्षा १२ को परीक्षामा कुल ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड (NG) श्रेणीमा परेका छन्। वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको परीक्षा नियमिततर्फ ३ लाख ९० हजार ८४७ परीक्षार्थीले दिएका थिए, जसमा १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ छात्र सहभागी थिए।

    बोर्डले यसैबीच ग्रेडवृद्धि परीक्षा आउँदो भदौ २८ र २९ गते सञ्चालन हुने जानकारी पनि दिएको छ।

    विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट result.neb.gov.np, neb.gov.np तथा नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सक्नेछन्। साथै, NEB Symbol Number टाइप गरी १६०० मा SMS गरेर पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij