Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

सागर डिष्टिलरीको आईपीओ साउन २८ गतेदेखि खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

सागर डिष्टिलरीको आईपीओ साउन २८ गतेदेखि खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

  • काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि आइपीओ  निष्कासन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत बराबर, अर्थात् १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता साधारण सेयर ९क्ष्एइ० निष्कासन गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डबाट यसका लागि अनुमति प्राप्त भइसकेको छ।

    कुल निष्काशित कित्ता मध्ये १० प्रतिशत अर्थात् १ लाख ४५ हजार २०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। उनीहरूले साउन २८ गतेदेखि भदौ १ गतेसम्म पहिलो चरणमा आवेदन दिन सक्नेछन्। कम्पनीले आईपीओ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्नेछ।

    विदेशमा रहेका नेपाली लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ। इच्छुक लगानीकर्ताहरूले सम्पूर्ण ब्क्द्यब् सदस्य बैंक तथा वित्तीय संस्था वा मेरोशेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ूआईआरएन बी प्लसू ९क्ष्च्ल् द्यं० को इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

    २०६९ कात्तिक ७ गते स्थापना भएको सागर डिष्टिलरीले मदिराजन्य उत्पादनहरूको निर्माण तथा वितरण गर्दै आइरहेको छ। आर्थिक वर्ष ०८०र८१ सम्मको वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नाफा २३ करोड १३ लाख रुपैयाँभन्दा बढी रहेको छ। यद्यपि सोही अवधिमा कम्पनी ३ रुपैयाँ ७१ पैसा प्रतिशेयर नोक्सानीमा छ। कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०६ रुपैयाँ ५२ पैसा रहेको देखिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij