
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने सांसदहरूले मदिरा तस्करी नियन्त्रणमा गम्भीर हुन आग्रह गर्दै तस्करलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सदस्यहरू रञ्जुकुमारी झा र रेखा यादवले सप्तरीमा मदिरा तस्करी नियन्त्रणका क्रममा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको घटनाको वि रोध जनाउनुभएको छ ।
सभाको आजको बैठकमा विशेष समयमा उहाँहरूले तस्करी नियन्त्रणका क्रममा गोलीगठ्ठाको प्रयोग नगरी तस्करीमा संलग्नलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा सप्तरीमा प्रहरीले गोली चलाउँदा स्थानीय लालु यादवको मृत्यु भएको थियो । भारतीय सीमा नजिकबाट मदिरा तस्करीमा ‘सर्च अप्रेसन’ चलाउँदा प्रहरी र स्थानीयबीच झडप भएको थियो ।
सांसदहरूले तस्करीले राजस्व चुहावट र नियन्त्रणका क्रममा जनताको मृत्यु भइरहेको भन्दै यसतर्फ गम्भीर हुन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
जनता समाजवादी पार्टीका सांसद झाले भन्नुभयो, “तस्करीको निदान एवं नियन्त्रण, कानुनी कारबाहीका लागि सरकार किन गम्भीर छैन रु”
जनता समाजवादी पार्टी नेपालका सांसद रेखा यादवले कानुनी दायरामा ल्याउन आग्रह गर्नुभयो । “देशमा तस्करी, कालाबजारी हुनुहुँदैन। तर त्यसको सजायको यन्त्र गोलीगठ्ठा नै हो त रु त्यसलाई कानुनी दायरामा ल्याउन नपर्ने हो रु”, उहाँले भन्नुभयो । सांसद यादवले सुक्खाग्रस्त क्षेत्र घोषणा र स्थलगत अवलोकनपछि पनि मधेस प्रदेशका जनतालाई राहतको कार्यक्रम प्रभावकारी नदेखिएको टिप्पणी गर्नुभयो ।
विशेष समयमा जनमत पार्टीका सांसद अब्दुल खाँनले तीनै तहका सरकारको काम र जिम्मेवारी स्पष्ट पार्दै जनताले अनुभूत गर्नेगरी सेवाप्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । “जनतालाई तीनै तहको सरकारको अनुभूति गराउन सकेनौँ”, सांसद खाँनले भन्नुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले मधेस प्रदेशका जिल्लालाई जलसङ्कट र मरुभूमि हुनबाट बचाउन उदयपुर, सिन्धुली र मकवानपुर जिल्लामा पर्ने चुरे भावर क्षेत्रलाई समेटेर पुनःसंरचना गर्नुपर्ने बताउनुभयो । उहाँले रासायनिक मलको बहुउपयोग हुनेहुँदा किसानलाई अभाव हुने गरेको बताउनुभयो । मल खरिदको अनुमति निजी फार्मलाई दिनुपर्ने उहाँको भनाइ थियो ।
यस्तै, आमजनता पार्टीका सांसद प्रभु साहले संसदीय गरिमा खस्कँदै गएकोतर्फ सबैलाई सचेत गराउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सांसद नारायणप्रसाद आचार्यले विद्यालय शिक्षा पाठ्यक्रम सुधार आधारभूत तहदेखि माध्यमिक तहसम्म पाठ्यक्रमको व्यावहारिक, समावेशी र समसामयिक बनाउने कार्य थालनी भएको भन्दै यसलाई प्रभावकारी, समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।
एमाले सांसद गङ्गाप्रसाद यादवले मुसहर समुदायको उत्थान र विकासका लागि सभामुखमार्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सोही पार्टीका सांसद अमृतादेवी अग्रहरीले जलवायु परिवर्तनको प्रभावले मधेसमा पर्याप्त वर्षा नभएको भन्दै जथाभावी बस्ती निर्माण र वन फँडानी नियन्त्रण गर्नुपर्ने बताउनुभयो । सरकारलाई मात्र दोषारोपण नगरी चुरे संरक्षणमा सबै सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।
नेकपा९एमाले०का सांसद सूर्यकुमारी श्रेष्ठले आउँदो चाडपर्वमा देशभरको सुरक्षित सडक यात्रा, स्वस्थ्यकर खानपान र महँगी नियन्त्रणका लागि सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
विशेष समयमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले समसामायिक विषयमाथि ध्यानाकर्षण गराउनुभएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij