Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

आइसिएफसि फाइनान्सको १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने

आइसिएफसि फाइनान्सको १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने

  • काठमाडौं । आइसिएफसि फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनान्स कम्पनीको सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।फाइनान्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७९ हजार रुपैयाँको करसहित १५.७८ प्रतिशतका दरले १८ करोड ६८ लाख ६४ हजार रुपैयाँ नगद  लाभांश प्रस्ताव गरेको हो । 
    फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij