Logo

Aug 07 2025 | २०८२, साउन २२गते

Aug 07 2025 | २०८२, साउन २२गते

images

मेयर भरतकुमार थापाको ३ करोड ४५ लाख बराबरको गैरकानुनी सम्पत्तिसहित मेयर भरतकुमार थापा दोषी, एक वर्ष कैद र जरिवाना

मेयर भरतकुमार थापाको ३ करोड ४५ लाख बराबरको गैरकानुनी सम्पत्तिसहित मेयर भरतकुमार थापा दोषी, एक वर्ष कैद र जरिवाना

  • काठमाडौँ। विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई गैरकानुनी सम्पत्ति आर्जन र भ्रष्टाचारसम्बन्धी दुई फरक मुद्दामा दोषी ठहर गरेको छ।

    बुधबार न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै एक वर्ष कैद र बिगो बराबर जरिवानाको फैसला सुनाएको हो।

    विशेष अदालतका अनुसार थापाको आयभन्दा व्यय बढी देखिएपछि सो अतिरिक्त रकम गैरकानुनी स्रोतबाट आर्जन गरिएको ठहर गरिएको हो। अदालतले उल्लेख गरेअनुसार, जाँच अवधिमा थापाको कूल आय रु. ९ करोड १४ लाख ३१ हजार मात्र भए पनि उनको खर्च रु. १२ करोड ५९ लाख ५३ हजार पुगेको थियो। सोही आधारमा रु. ३ करोड ४५ लाख २२ हजार ३८७ को स्रोत पुष्टि हुन नसकेपछि अदालतले उनलाई दोषी ठहर गरेको हो।

    अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) अनुसार थापालाई एक वर्ष कैदसहित उक्त बिगो बराबरको जरिवाना – रु. ३ करोड ४५ लाख २२ हजार ३८७ – तिर्नुपर्ने फैसला सुनाएको छ। साथै, सो गैरकानुनी रकमबाट आर्जन गरिएको सम्पत्ति समेत जफत गर्ने आदेश दिइएको छ।

    यससँगै, अदालतले मेयर थापालाई नदीजन्य पदार्थको ठेक्कासम्बन्धी अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गरेको छ। बागमती नगरपालिकाको मूल्य अभिवृद्धि करसहित रु. ३० करोड २९ लाखभन्दा बढीको नदीजन्य पदार्थमा हानिनोक्सानी पुर्‍याएको ठहर गर्दै थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार दोषी ठहर गरिएको हो।

    थापामाथिको यो फैसला सँगै नेपालको स्थानीय तहमा देखिएको उच्चस्तरीय भ्रष्टाचारप्रति कडा सन्देश गएको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij