
काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउन लागेका छन् । उनी अगष्ट १७ अर्थात् आगामी भदौ १ गते काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको हो ।भ्रमणको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने तय भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको देखिएपनि द्रुतगतिमा भइरहेको अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धको सन्दर्भमा यो भ्रमणलाई लिनुपर्ने
परराष्ट्र मन्त्रालय स्रोत बताउँछ ।
प्रधानमन्त्री केपी शर्मा ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ । साउनको सुरुवातमा स्रोतले यसअघि प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ३१ गते हुने जनाएको थियो ।‘मिश्री नेपाल आएका बेला प्रधानमन्त्रीको भारत भ्रमण लगायत दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल हुन्छ,’ स्रोतले भन्यो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij