Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

अवकाशअघि नै एसपी नवीनकृष्ण भण्डारीको राजीनामा, डीएसपी थापा बढुवा सिफारिसमा

अवकाशअघि नै एसपी नवीनकृष्ण भण्डारीको राजीनामा, डीएसपी थापा बढुवा सिफारिसमा

  • काठमाडौं । गण्डकी प्रदेश प्रहरी गण, पोखरामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीले अवकाशको १० दिनअघि नै पदबाट राजीनामा दिएका छन्। करिब ३० वर्षे सेवा अवधिको अन्त्यमा पुगेका भण्डारीले स्वेच्छिक राजीनामा दिएका हुन्।

    गृह मन्त्रालयले साउन २० गते (मंगलबार) उनको राजीनामा स्वीकृत गरिसकेको छ। भण्डारीको पद खाली भएपछि त्यही दरबन्दीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापालाई बढुवा गर्न सिफारिस गरिएको छ। थापा यसअघि बढुवामा पटक–पटक छुट्दै आएका थिए।

    प्रहरी सेवामा जवानका रूपमा प्रवेश गरेका भण्डारीले २०६१ सालमा निरीक्षक (इन्स्पेक्टर) पदमा नाम निकालेका थिए। लामो समयको सेवा पश्चात् उनले सक्रिय सेवाबाट विदा लिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij