Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

पाँच वर्षभित्र प्रत्येक नेपालीले जोखिमको पूर्वसूचना पाउने व्यवस्था हुनेछ :गृहमन्त्री लेखक

पाँच वर्षभित्र प्रत्येक नेपालीले जोखिमको पूर्वसूचना पाउने व्यवस्था हुनेछ :गृहमन्त्री लेखक

  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र देशका सबै नागरिकलाई जोखिमसम्बन्धी पूर्वसूचना उपलब्ध गराउने योजना रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित 'सबैका लागि पूर्वसूचना' राष्ट्रिय कार्यशालामा बोल्दै उनले पूर्वसूचना प्रणालीलाई जनसाधारणसम्म पु-र्याउने सरकारको लक्ष्य रहेको स्पष्ट पारे।

    गृहमन्त्री लेखकले जलवायु परिवर्तन र प्राकृतिक प्रकोपका कारण नेपालमा एक तिहाइ जनसंख्या अझै पनि पूर्वसूचना प्रणालीबाहिर रहेको बताए। उनले भने, "नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्वसूचना बाहिर छ। सन् २०३० सम्ममा सबै नागरिकले पूर्व सूचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ।"

    उनले विश्वव्यापी सन्दर्भमा पनि एक तिहाइ जनसंख्या अझै पनि मनसुनजन्य जोखिमको पूर्वसूचनाबाट वञ्चित रहेको उल्लेख गरे। संयुक्त राष्ट्रसंघले सन् २०२२ मा सन् २०२७ भित्र सबैलाई पूर्वसूचना प्रणालीको पहुँचमा ल्याउने घोषणा गरेको स्मरण गराउँदै उनले भने, “हामी थोरै पछाडि परेका छौं, तर अबको पाँच वर्षभित्र नेपालका प्रत्येक नागरिकले पूर्वसूचना पाउने सुनिश्चिता गर्छौं।”

    सरकारले पूर्वसूचनाको प्रभावकारिता र पहुँच विस्तारका लागि मार्गचित्र तयार पारिरहेको जानकारी पनि उनले दिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij