Logo

Aug 10 2025 | २०८२, साउन २५गते

Aug 10 2025 | २०८२, साउन २५गते

images

नेपाल शिक्षक महासंघद्वारा भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने घोषणा

नेपाल शिक्षक महासंघद्वारा भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने घोषणा

  • काठमाडौं । नेपाल शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले  महासंघको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको जानकारी दिएका हुन् ।

    विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दिएको समय सीमा बिहीबार  सकिएको बताउँदै सुवेदीले  समय सीमाभित्र पनि सरकारले ऐन जारी नगरेपछि आफूहरूले आन्दोलनमा जाने निर्णय गरेको  बताए ।

    आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने उनले जानकारी दिए । त्यसअघि भाद्र ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको अध्यक्ष सुवेदीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij