Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

नेताका छोराछोरीले अब सार्वजनिक विद्यालयमै पढ्नुपर्छ : अध्यक्ष दाहाल

नेताका छोराछोरीले अब सार्वजनिक विद्यालयमै पढ्नुपर्छ : अध्यक्ष दाहाल

  • काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबदेखि पार्टी नेताहरुले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमै पढाउनुपर्ने स्पष्ट निर्देशन दिएका छन्।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, “मैले भर्खरै पार्टीको केन्द्रिय समितिको बैठकपछि माओवादी नेतृत्वमा रहेका १२३ जना सरकार प्रमुख, उपप्रमुख र नेताहरुलाई भेला गरेर सबैले आफ्ना बच्चाहरूलाई सार्वजनिक विद्यालयमा मात्र पढाउने निर्णय गरिसकेका छौं।”

    दाहालले यो निर्णय लागू भइसकेको दाबी गर्दै भने, “अबदेखि नेताहरूका बच्चाहरू विदेश जान पाउने छैनन्, निजी विद्यालयमा पढ्न पाउने छैनन्। हाम्रो निर्णय स्पष्ट छ – सार्वजनिक शिक्षा सुधार नेतृत्वबाटै सुरु गर्नुपर्छ।”

    उनले उदाहरण दिँदै भने, “म पार्टी अध्यक्ष हुँ, मेरा कुनै पनि बच्चा विदेशमा पढेका छैनन्। हामी नेतृत्व तहमै यो सोच ल्याएर सार्वजनिक शिक्षा बलियो बनाउने छौं।”

    दाहालको यस्तो अभिव्यक्तिलाई सार्वजनिक शिक्षामा विश्वास र समानताको सन्देशका रूपमा हेरिएको छ। यद्यपि, यस निर्णयको व्यवहारिक कार्यान्वयन कत्तिको प्रभावकारी हुनेछ भन्ने प्रश्न उठिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij