
काठमाडौँ । नेपाल टेलिकमको सिमकार्ड परल मूल्य भन्दा बढीमा बिक्री गरेको पाइएपछि टेलिकमले अनुगमन सुरु गरेको छ । टेलिकमले डिलर मार्फत ९० रुपैयाँमा बिक्री गरेको सिमकार्डलाई डिलर हुँदै रिटेलरसम्मले बिक्रीगर्दा ९०को सिमलाई सय देखि १सय ५०सम्म बिक्री गरेको पाइएपछि टेलिकमले अनुगमन थालेको हो ।
नेपाल टेलिकमले सिमकार्डको मूल्य रु ९० तोकी बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले तोकेको बिक्री मूल्य भन्दा बढी रकम लिई सिमकार्ड बिक्री वितरण गर्नु गैरकानुनी कार्य हो । कुनै पनि बिक्री केन्द्र, पसल आदिमा तोकिएको मूल्य भन्दा बढी रकम लिई सिम बिक्री भएको पाइएमा नजिकको दूरसञ्चार कार्यालय वा जिल्ला प्रशासन कार्यालय वा प्रहरी कार्यालयमा जानकारी गराइदिन हुन टेलिकमको सूचनामा भनिएको छ ।
नेपाल टेलिकमको बागमती प्रदेश कार्यालयले अनधिकृतरूपमा सिमकार्ड बिक्री वितरण गरेको पाइएपछि अनुगमनलाई तीव्र बनाएको छ । यसअघि नयाँ सडक डटकमले नेपाल टेलिकमको सिमकार्ड बिक्री वितरणमा अनियमितता भएको समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछि तातेको टेलिकम बजार अनुगमनमा निस्केको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij