Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

राष्ट्रियसभाबाट जलस्रोत विधेयक २०८१ सर्वसम्मत पारित

राष्ट्रियसभाबाट जलस्रोत विधेयक २०८१ सर्वसम्मत पारित

  • काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकले ‘जलस्रोत विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक पारित गर्न प्रस्ताव पेश गर्नुभएको थियो।

    विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित आएको विधेयकमाथि बैठकमा छलफल भएको थियो। छलफलमा सांसदहरू विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान स्वाँरले विधेयकका विभिन्न पक्षमा धारणा राखेका थिए।

    छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री खड्काले जलस्रोतको उपयोग र व्यवस्थापन गर्ने उद्देश्यका साथ विधेयक तयार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, संविधानमै समावेशीताको व्यवस्था भएकाले विधेयकमा दलितलगायत समावेशी समूहको छुट्टै उल्लेख आवश्यक नरहेको सांसदहरूको साझा धारणा रहेको उल्लेख गर्नुभयो। साथै, विधेयकमा बाँधको सुरक्षासम्बन्धी प्रावधानहरू थप स्पष्ट बनाइएको जानकारी पनि दिनुभयो।

    बैठकले यसअघि, यही साउन ५ गते निधन भएका प्रतिनिधिसभाका पूर्वसदस्य खगराज शर्माप्रति शोक प्रस्ताव पारित गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।

    राष्ट्रियसभाको अर्को बैठक साउन २७ गते मङ्गलबार दिउँसो १स्१५ बजे बस्ने कार्यसूची तय गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij