Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

मेयर रामपुकार साहविरुद्ध एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

मेयर रामपुकार साहविरुद्ध एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेलीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    अख्तियारका अनुसार साहले वडा नम्बर ६ मा सञ्चालन गरिएको पक्की नाला निर्माण योजनाको कार्य सम्पन्नपछि भुक्तानी दिन सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेको र लिएको पुष्टि भएको हो। उजुरीका आधारमा निगरानी बढाएको अख्तियारले बर्दिवासस्थित कार्यालयको टोलीमार्फत साहलाई रकमसहित रंगेहात पक्राउ गरेको जनाएको छ।

    बिचौलियामार्फत घुस लेनदेन भइरहेको सूचनाका आधारमा गरिएको निगरानीपछि अख्तियारको टोलीले साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। अख्तियारले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा यो विवरण उल्लेख गरिएको छ।

    मुद्दामा साहसँग एक लाख रुपैयाँ बराबरको बिगो मागदाबी गरिएको छ। अख्तियारले यस्तो कार्यलाई नैतिक र प्रशासनिक दृष्टिले गम्भीर भ्रष्टाचारको उदाहरणका रूपमा लिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij