Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

संसदीय समितिद्वारा उदयपुर सिमेन्ट पीपीपी मोडलमा चलाउन निर्देशन

संसदीय समितिद्वारा उदयपुर सिमेन्ट पीपीपी मोडलमा चलाउन निर्देशन

  • काठमाडौँ । प्रतिनिधि सभाको  संसदीय समितिले उदयपुर सिमेन्ट कारखाना सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ।प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्थलगत अध्ययन गरी उदयपुर सिमेन्टलाई प्रतिस्पर्धात्मक बनाउन पीपीपी मोडल अपनाउन निर्देशन दिएको हो।

    समितिले  निर्देशनमा भनेको ‘लामो समयदेखि बन्द रहेको उदयपुर सिमेन्ट उद्योगमा रहेको समस्या समाधान गरी उद्योगलाई पुनः सुचारु गर्न प्रतिस्पर्धा गर्न सक्ने गरी पीपीपी मोडलमा सञ्चालन गर्ने गरी रणनीतिक योजना तयार गरी कार्यान्वयन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने,’। साथै समितिले उदयपुर सिमेन्ट उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीका लागि संचय कोषमा कट्टी भएको रकम माग भएमा तत्काल उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। यसैगरी समितिले सुपारी, चिया, अदुवा र जडिबुटीको अन्तराष्ट्रिय बजारमा पहुँच विस्तारका लागि आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

    परम्परागत पद्धतिबाट उत्पादित घरेलु मदिरालाई ब्राण्डिङ गरी उत्पादन र बिक्री वितरणमा देखा परेका समस्यालाई कानुन निर्माण गरी सहजीकरण गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij