
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गराउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने भएको छ।
शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले प्रवासी नेपालीका नागरिक अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै मताधिकार अभियानलाई पार्टीको साङ्गठनिक अभियानसँग जोड्ने निर्णय गरेको हो।
पार्टीका प्रवक्ता डा. मनिष झाका अनुसार, सभापति रवि लामिछानेमाथि लागेको राजनीतिक प्रतिशोधको विरोधमा जारी अभियानलाई अझ व्यापक बनाउने रणनीति पनि बैठकले तय गरेको छ।
बैठकले पार्टीको सांगठनिक सुदृढीकरण अन्तर्गत विभिन्न मनोनयन र जिम्मेवारीहरू तोकेको छ।
बैठकले पार्टी संरचना केन्द्रदेखि वडा तहसम्म सशक्त बनाउने निर्णय समेत गरेको छ। यसका लागि रणनीतिक समूह गठन गरिनेछ र केन्द्रीय समिति तथा विभागीय सदस्यहरूलाई विभिन्न जिल्लामा परिचालन गरिने पार्टीले जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij