Logo

Aug 10 2025 | २०८२, साउन २५गते

Aug 10 2025 | २०८२, साउन २५गते

images

काठमाडौँ उपत्यकामा गाईजात्रा पर्वको धुमधाम, हास्यव्यङ्ग्य र सांस्कृतिक झाँकीसहित मनाइँदै

काठमाडौँ उपत्यकामा गाईजात्रा पर्वको धुमधाम, हास्यव्यङ्ग्य र सांस्कृतिक झाँकीसहित मनाइँदै

  • काठमाडौँ।भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज काठमाडौँ उपत्यकामा विविध कार्यक्रमका साथ धुमधामले मनाइँदैछ। दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सजाएर नगर परिक्रमा गराइन्छ, र श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र द्रव्य दान गर्दछन्।

    यो पर्वको सुरुवात राजा प्रताप मल्लको पालामा भएको हो, जब उनले पुत्रवियोगले दुखित भएकी रानीलाई संसारका अरूले पनि यस्तै पीडा भोग्छन् भन्ने देखाउन आदेश दिएका थिए। त्यसबेलादेखि हनुमानढोका दरबार हुँदै जाने परम्परा निरन्तरता पाइरहेको छ।

    धार्मिक महत्वसँगै गाईजात्रा सामाजिक विकृति र विसङ्गतिको विरोधमा हास्यव्यङ्ग्य प्रस्तुत गर्ने अवसरको रूपमा पनि मनाइन्छ। पाटनमा देखाइने सत्ययुगको धान–चामल नमूना र ठमेलमा प्रदर्शित स्वर्ण–रजताक्षरमा लेखिएका पुस्तक दर्शनीय मानिन्छन्।

    एक समय पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य भएको भन्दै २०१७ पुस १ को शाही ‘कू’पछि यसमा प्रतिबन्ध लगाइए पनि विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको पहलमा पुनः महोत्सवका रूपमा सुरु गरियो। अहिले काठमाडौँ उपत्यकालगायत देशका अन्य नेवार बस्तीमा पनि यो पर्व उत्साहका साथ मनाइन्छ, र आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij