Logo

Aug 10 2025 | २०८२, साउन २५गते

Aug 10 2025 | २०८२, साउन २५गते

images

आज र भोलि देशभर साधारण बदली, केही स्थानमा मध्यम वर्षाको सम्भावना

आज र भोलि देशभर साधारण बदली, केही स्थानमा मध्यम वर्षाको सम्भावना

  • काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी र तराई भूभाग, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।

    भोलि पनि देशभर साधारण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र मधेश प्रदेशसहित अन्य पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij