Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

रसुवामा अविरल वर्षा र बाढीले क्षतिः बीमा दाबी ९८ करोड नजिक

रसुवामा अविरल वर्षा र बाढीले क्षतिः बीमा दाबी ९८ करोड नजिक

  • काठमाडौँ। गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा र बाढी पहिरोका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी रकम ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ पुगेको छ।

    नेपाल बीमा प्राधिकरणका अनुसार साउन २२ गतेसम्म कुल ७८ वटा बीमा दाबी परेको छ। तीमध्ये सम्पत्ति बीमा, समुद्री बीमा ९, इञ्जिनियरिङ र ठेकेदार जोखिम ५, निजी मोटर बीमा १६ र सार्वजनिक मोटर बीमा ४२ वटा रहेका छन्।

    प्राधिकरणले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा रु ५५ करोड, शिखर इन्स्योरेन्समा रु १६ करोड ९६ लाख ३० हजार, नेपाल इन्स्योरेन्समा रु ८ करोड ७३ लाख, र सानिमा जिआइसीमा रु ६ करोड ८४ लाख ८२ हजार बराबरको दाबी परेको जनाएको छ।

    यस्तै, नेको इन्स्योरेन्समा रु ५ करोड ६७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु २ करोड ६५ लाख, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा रु ९१ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा रु ७६ लाख ७० हजार, एनएलजी इन्स्योरेन्समा रु ४७ लाख, सिद्धार्थ प्रिमियरमा रु ३१ लाख, र प्रभु इन्स्योरेन्समा रु २८ लाख बराबरको बीमा दाबी परेको छ।

    बाढीले लेहेन्दे खोलामा आएको प्रकोपका कारण नेपाल–चीन सीमामा रहेको मितेरी पुल र भन्सार यार्डमा पार्किङ गरी राखिएका सवारीसाधन बगाएको थियो। त्यस्तै, रसुवागढी हाइड्रोपावर लगायत संरचनामा पनि क्षति पुगेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij