Logo

Aug 11 2025 | २०८२, साउन २६गते

Aug 11 2025 | २०८२, साउन २६गते

images

संघीय संसदमा आज चार प्रमुख समितिका बैठक, वैकल्पिक विकास वित्तदेखि नागरिकता संशोधनसम्म छलफल

संघीय संसदमा आज चार प्रमुख समितिका बैठक, वैकल्पिक विकास वित्तदेखि नागरिकता संशोधनसम्म छलफल

  • काठमाडौँ। सङ्घीय संसद्का विभिन्न चार समितिको बैठक आज बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ ।

     

    अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

     

    कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को दफावार छलफल गर्ने कार्यक्रम छ ।

     

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट– २०२५’ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

     

    त्यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ उपर सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij