Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

मितेरी डेभलपमेन्ट बैंकको नाफा १३ करोड ४ लाखमा सीमित, अघिल्लो वर्षभन्दा १०% कम

मितेरी डेभलपमेन्ट बैंकको नाफा १३ करोड ४ लाखमा सीमित, अघिल्लो वर्षभन्दा १०% कम

  • काठमाडौं ।मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खराब कर्जा दरमा उल्लेखनीय सुधार गर्न सफल भएको छ। सोमबार सार्वजनिक भएको वित्तीय विवरणअनुसार, बैंकको खराब कर्जा अनुपात ०.८१ प्रतिशतबाट घटेर ०.२८ प्रतिशतमा झरेको छ।

    बैंकले खराब कर्जा घटाउँदै गर्दा नाफा भने अघिल्लो वर्षको तुलनामा केही घटेको छ। समीक्षा अवधिमा बैंकले १३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.०३ प्रतिशतले कम हो।

    तर बैंकले अन्य सूचकहरूमा सुधार देखाएको छ। खुद शुल्क तथा कमिसन आम्दानी १ करोड ५० लाखबाट बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ। यद्यपि, खुद सञ्चालन आम्दानी भने ३५ करोड ३१ लाखबाट घटेर ३१ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ।

    ब्याजदरमा आएको गिरावटका कारण बैंकको खुद ब्याज आम्दानी २५ करोड ९७ लाख रुपैयाँबाट घट्दै २० करोड ४३ लाख रुपैयाँमा झरेको हो।

    हाल बैंकको चुक्ता पूँजी १ अर्ब २१ करोड रुपैयाँ रहेको छ। वितरणयोग्य मुनाफा १५ करोड ६१ लाख रुपैयाँ छ भने लाभांश दिन सक्ने क्षमता १२.८३ प्रतिशत रहेको देखिन्छ। यसबाहेक, रिटेन्ड अर्निङ १५ करोड ६१ लाख र रिजर्भको आकार ३४ करोड ४२ लाख रुपैयाँ रहेको छ।

    प्रति शेयर आम्दानी (EPS) १०.७१ रुपैयाँ, प्रति शेयर नेटवर्थ १४१.११ रुपैयाँ, मूल्य-आम्दानी अनुपात (P/E Ratio) ६४.२३ गुणा र तरलता अनुपात ३५.८६ प्रतिशत कायम छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij