Logo

Aug 12 2025 | २०८२, साउन २७गते

Aug 12 2025 | २०८२, साउन २७गते

images

भारतद्वारा नेपालका थप पाँच जलविद्युत आयोजनाबाट उत्पादित थप २ सय मेगावाट विद्युत् किन्ने सम्झौता

भारतद्वारा नेपालका थप पाँच जलविद्युत आयोजनाबाट उत्पादित थप २ सय मेगावाट विद्युत् किन्ने सम्झौता

  • काठमाडौँ । भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् किन्ने सम्झौता गरेको छ । थप २०० मेगावाट विद्युत् खरिद गर्न थप पाँच जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् किन्ने सम्झौता गरिएको हो ।

    भारत सरकारले यो सम्झौता गरेपछि नेपालबाट गर्ने  कूल विद्युत आयात  एक हजार १०.९ मेगावाट पुगेको छ।यसअघि प्राधिकरणले ८१०.९ मेगावाट निर्यात अनुमति पाएको थियो। २०० मेगावाट स्वीकृति पाएसककगै भारतमा मात्र कूल निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको छ।

    नेपालले बंगलादेश ४० मेगावाट विद्युत निर्यात गरिरहेको छ। भारतले सोमबार ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर सम्मको लागि थप २०० मेगावाट विजुली स्वीकृति दिएको हो।

    भारतले लिखु–२, लिखु खोला ए ,लोअर सोलु, ठुलो खोला ,सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादन भएको विद्युत लैजाने सम्झौता गरेको छ।

    आर्थिक वर्ष २०८१/८२ मा १७ अर्ब ४७ करोड रुपैया बराबरको विद्युत निर्यात भएको छ। भारत सरकारबाट प्राप्त भएको थप निर्यात अनुमति र आगामी दिनमा निर्यात दोब्बर हुने विश्वास प्राधिकरणको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij