
काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यवसायिक प्रशिक्षक तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको विशेष उपस्थितिमा “Business Blueprint Nepal” आयोजना हुने भएको छ। कार्यक्रम २०७५ भदौ १२ गते (२८ अगस्ट २०२५) बिहीबार, बिहान १०:३० देखि अपरान्ह ५:०० बजेसम्म, काठमाडौंको नक्सालस्थित होटल मेरियटमा हुनेछ।
यस मेगा बिजनेस सेमिनारको मुख्य प्रायोजक नेपालको अग्रणी सिमेन्ट ब्रान्ड शिवम् सिमेन्ट हो। शिवम् सिमेन्टले आफ्ना नवीन र सन्देशमूलक अभियानजस्तै “शिवम् सन्देश” र “नो कम्प्रमाइज” मार्फत समाजमा सकारात्मक प्रभाव पु-याउँदै छुट्टै पहिचान बनाएको छ। कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महत्वपूर्ण कार्यक्रमहरूमा सहभागिता जनाउँदै ब्रान्ड भ्यालु मजबुत बनाउँदै आएको छ। यसै क्रममा, विश्वस्तरका मोटिभेसनल स्पिकर डा. उज्ज्वल पाटनीसँगको सहकार्यमार्फत सहभागीहरूलाई व्यवसायिक उत्प्रेरणा र ज्ञान प्रदान गर्ने उद्देश्य रहेको शिवम् सिमेन्टका प्रतिनिधिले बताएका छन्।
डा. पाटनीसँग ३ वटा गिनिज वर्ल्ड रेकर्ड, १५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार, Top 10 Thinker 2014 र Best Corporate Trainer of India जस्ता प्रतिष्ठित सम्मानहरू छन्। उनको डिजिटल शो “The Ujjwal Patni Show” हरेक हप्ता ८० लाखभन्दा बढी दर्शकहरूले ७५ भन्दा बढी देशमा हेर्दै आएका छन्। उनका कार्यक्रमहरू Business Gurukul, VIP र Business Audit मार्फत १०,००० भन्दा बढी व्यवसायीहरूले लाभ लिइसकेका छन्। साथै, उनका ७ पुस्तकहरू १२ भारतीय भाषामा अनुवाद भई २८ देशमा १० लाखभन्दा बढी प्रतिहरू बिक्री भइसकेका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij