Logo

Aug 12 2025 | २०८२, साउन २७गते

Aug 12 2025 | २०८२, साउन २७गते

images

एमआरपी बिना कारोबार गरेकाले नेपाल लेदर क्राफ्ट र रोयल क्लास कलेक्सनलाई जरिवाना

एमआरपी बिना कारोबार गरेकाले नेपाल लेदर क्राफ्ट र रोयल क्लास कलेक्सनलाई जरिवाना

  • काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ उद्योग तथा फर्मलाई ६ लाख १५ हजार रुपैयाँ जरिवाना तिर्न लगाएको छ ।विभागको अनुगमन टोलीले सोमबार अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–१ मा रहेको नेपाल लेदर क्राफ्ट (राइनो) र रोयल क्लास कलेक्सन प्रालिलाई ३/३ लाख रुपैयाँ जरिवाना तिराएको हो । साथै विभागले दुवै कम्पनीलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन पनि दिएको छ ।

    यसैगरी ललितपुर– ५ मा रहेको मटर्निटी पसल प्रालिलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।विभागले ती उद्योग तथा फर्मले उत्पादनमा एमआरपी नलगाई कारोबार गरेकोले जरिवाना तिराएको जनाएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij