Logo

Aug 12 2025 | २०८२, साउन २७गते

Aug 12 2025 | २०८२, साउन २७गते

images

नवीकरण रोकिएका वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीहरूको नवीकरण सुरु

नवीकरण रोकिएका वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीहरूको नवीकरण सुरु

  • काठमाडौँ । नवीकरण रोकिएका वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीहरूको नवीकरण सुरु भएको छ । वैदेशिक रोजगार विभागले बर्सेनि सय कामदार वैदेशिक रोजगारमा पठाउन नसक्ने म्यानपावर कम्पनीहरूको नवीकरण सुरु गरेको हो । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले मंगलबारदेखि नवीकरण सुरु गरिएको जनाएका हुन् ।

    दुई वर्षसम्म वार्षिक १०० कामदार पठाउन नसक्ने म्यानपावर व्यवसायीहरूको इजाजतपत्र रद्द गरिने कानुनी व्यवस्था  हालै केही नेपाल ऐन संशोधन मार्फत खारेज गरिएपछि नवीकरण सुरु भएको जनाइएको छ ।

    ऐन खारेज गरिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोर्डलाई नवीकरण गर्न पत्राचार गरे अनुसार विभागले नवीकरण सुरु गरेको महानिर्देशक भट्टराईले जनाए ।

    कम्पनीहरूको नवीकरण अनलाइन मार्फत समेत गरिने  जनाइएको छ । २०७५ सालमा वैदेशिक रोजगार ऐन संशोधन गर्दै दुई वर्षसम्म लगातार वार्षिक १०० जना कामदार नपठाउने व्यवसायीको इजाजतपत्र रद्द गर्ने व्यवस्था गरिएको थियो । तर, हरेक वर्ष बाधा अड्काउ फुकाउ मार्फत सरकारले नवीकरण गर्दै आएको थियो ।

    ऐनमा संशोधन भएपछि नियमावलीमा संशोधन हुन नसक्दा अन्योल कायम थियो । मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेर यस्तो पत्र लेखेको हो ।२६ साउनमा बसेको  मन्त्रीस्तरीय निर्णय गरी  श्रम मन्त्रालयले नवीकरण गराउन विभागलाई पत्राचार गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij