Logo

Aug 13 2025 | २०८२, साउन २८गते

Aug 13 2025 | २०८२, साउन २८गते

images

‘बहुध्रुवीय विश्वमा अवसर तथा जोखिम एकैसाथ आउँछन्’

‘बहुध्रुवीय विश्वमा अवसर तथा जोखिम एकैसाथ आउँछन्’

  • काठमाडौँ। परराष्ट्र मामिलाका जानकारहरूले बहुध्रुवीय विश्वमा शक्ति विभिन्न केन्द्रहरूमा विभाजित हुने र प्रतिस्पर्धा अझ जटिल बन्नुका साथै अवसर तथा जोखिम एकैसाथ आउने धारणा व्यक्त गर्नुभएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरूले अहिले मानिस तीव्र र गहिरो रूपान्तरणको समयमा बाँचिरहेका उल्लेख गर्दै शक्ति संरचनाका विभिन्न केन्द्रहरूको उदय, आर्थिक परिदृश्यमा हुने परिवर्तन र भूराजनीतिक तथा भू–अर्थिक गतिशीलताले साना वा ठूला सबै राष्ट्रहरूले सञ्चालन गर्नुपर्ने वातावरणलाई पुनः परिभाषित गरिरहेका बताउनुभएको हो ।

    प्रतिष्ठानले अपेक्षा शाहद्वारा लिखित ‘बहुध्रुवीयता व्यवस्थापनमा साना राज्यको क्षमताः नेपालको अध्ययन’लाई प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । अध्ययनमा दक्षिण एसियाका साना देशहरूले कसरी आफ्नो राष्ट्रियस्तरलाई अगाडि बढाउँदै उदाउँदो बहुध्रुवीयतामा आफ्नो राष्ट्रिय विकास, विदेश नीतिमा आत्मसात् गरिरहेकालगायत विषय समेटिएको छ । कार्यक्रममा समूहगत पमा छलफल गर्दै पूर्वसचिव दुर्गाप्रसाद भट्टराई, परराष्ट्रविद् डा लीला न्याइच्याई र राजनीतिक विशलेषक डा चन्द्रदेव भट्टले ‘बहुध्रुवीयता व्यवस्थापनमा साना राज्यका क्षमताः नेपालको अध्ययन’ विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभयो ।

    उहाँहरूले बहुध्रुवीय विश्वमा शक्ति विभिन्न केन्द्रहरूमा विभाजित रहेका र प्रतिस्पर्धा अझ जटिल बनेको उल्लेख गर्दै यसमा अवसर तथा जोखिम एकै साथ आउने बताउनुभयो । त्यस्तै सरकारका पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले ‘परिवर्तनशील विश्वव्यापी सन्दर्भमा नेपालको आर्थिक परिदृश्य’ विषयक प्रस्तुति गर्नुभएको थियो । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रकाशकुमार सुवेदीले सहभागीलाई स्वागत गर्दै अध्ययनले नेपालले अहिलेसम्म बहुध्रुवीय विश्वमा कसरी मार्गचित्र तय गरेको छ र भविष्यमा अझ प्रभावकारी रूपमा के गर्न सकिन्छ भन्नेबारे आलोचनात्मक अध्ययन गर्न मद्दत पु¥याउने बताउनुभएको थियो । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij