Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

ऊर्जा मन्त्री खड्का: लोडसेडिङ हल्ला निरर्थक, देशभर विद्युत आपूर्ति सहज

ऊर्जा मन्त्री खड्का: लोडसेडिङ हल्ला निरर्थक, देशभर विद्युत आपूर्ति सहज

  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशमा लोडसेडिङ भइरहेको भनी फैलाइएका हल्ला निरर्थक भएको दाबी गर्नुभएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले मुलुकका केही क्षेत्रबाहेक विद्युत आपूर्ति सहज रूपमा भइरहेको जानकारी दिनुभयो।

    मन्त्री खड्काले विद्युत विस्तार र आपूर्ति सुनिश्चित गर्न सरकारले तीव्रताका साथ काम अघि बढाइरहेको बताए। उहाँका अनुसार, सरकारले विद्युत निर्यातमार्फत ५ अर्ब रुपैयाँ नाफा कमाएको छ। उहाँले भन्नुभयो, “हामीले १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत निर्यात गरिरहेका छौं भने आयात १२ अर्ब ९२ करोडको छ। झन्डै ५ अर्ब रुपैयाँ नाफा भएको अवस्था छ।”

    मन्त्री खड्काले देशभर विद्युत आपूर्ति व्यवस्थित र विस्तार गर्ने योजनालाई प्राथमिकताका साथ अघि बढाइरहेको पनि स्पष्ट पार्नुभयो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij