Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

१४ रोपनी जग्गा मोहीको नाममा पार्ने प्रयोजनमा २४ लाख ५० हजार घुस लिँदा मालपोत प्रमुख र सहयोगी समातिए, विशेष अदालतमा मुद्दा

१४ रोपनी जग्गा मोहीको नाममा पार्ने प्रयोजनमा २४ लाख ५० हजार घुस लिँदा मालपोत प्रमुख र सहयोगी समातिए, विशेष अदालतमा मुद्दा

  • काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर मालपोत कार्यालयका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार, १४ रोपनी चार आना जग्गा मोहीको नाममा जग्गाधनी प्रमाण पुर्जा बनाउन २४ लाख ५० हजार रुपैयाँ घुस माग गरिएको सूचनाका आधारमा टोली खटाइएको थियो।

    छापामारी क्रममा प्रमुख आचार्यको मोबाइल डिभाइस र सहयोगी राउतको साथबाट मोबाइल डिभाइससहित सो घुस रकम बरामद गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन्। दुवैजनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवाना सजायको मागदाबी गरिएको छ।

    यसैबीच, काठमाडौँ जिल्ला अदालतले अभद्र व्यवहारमा पक्राउ परेका मिलन गुरुङ (चक्रे मिलन) सहितका १९ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ। साम्बाला होटलबाट साउन १५ गते पक्राउ परेकामध्ये चक्रे मिलनलाई रु ३० हजार, जीतबहादुर लामालाई रु १० हजार, र अन्यहरूलाई १० हजारदेखि ३० हजार रुपैयाँसम्म धरौटी तोकिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij