Logo

Aug 14 2025 | २०८२, साउन २९गते

Aug 14 2025 | २०८२, साउन २९गते

images

सरकारद्वारा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उपभोग दस्तुर तोकियो

सरकारद्वारा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उपभोग दस्तुर तोकियो

  • काठमाडौँ । सरकारले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट  साना सवारीको दस्तुर तोकिएको हो । सडक बोर्डले वैज्ञानिक अध्ययनमा आधारित रहेर शुल्क निर्धारण गरेकाले सुरुङमार्ग प्रयोग गर्दा ७० प्रतिशतसम्म खर्च बचत हुने विश्वास गरिएको छ ।

    सो निर्णय अनुसार कार÷भ्यानहरू काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ तिर्नुपर्ने तोकिएको छ । कार भ्यान, जीप, पिकअप, माइक्रोबसलाई काठमाडौँ प्रवेशमा प्रतिपटक ७५ रुपैयाँ र जाँदा ५० रुपैयाँ शुल्क निर्धारण गरी प्रस्ताव पठाइएको थियो । सो प्रस्तावमा आउँदा १० रुपैयाँ घटाइएको हो भने जाँदा १० रुपैयाँ शुल्क बढाइएको छ । 
    सोही गरी  मिनिबस, मिनिट्रक र टिपरलाई प्रवेशमा प्रतिपटक १२५ रुपैयाँ र बाहिरिँदा १०० रुपैयाँ शुल्क निर्धारण गरी प्रस्ताव पठाएकोमा प्रवेशमा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ अनुमोदन गरिएको छ । बस तथा ट्रक काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको छ । मन्त्रिपरिषद्मा प्रस्ताव पठाउँदा बस तथा ट्रक प्रवेशमा २५० र बाहिरिँदा २०० रुपैयाँ निर्धारण गरी प्रस्ताव पठाइएको थियो । 

    त्यसैगरी  भारी सवारीको हकमा भने काठमाडौँ प्रवेशमा ६०० र बाहिरिँदा २५० दस्तुर तोकिएको छ । भारी सवारीलाई प्रवेशमा ५०० र बाहिरिँदा ३०० रुपैयाँ तोक्न प्रस्ताव गरिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जनाए अनुसार सुरुङमार्ग प्रयोग गर्न बाध्यात्मक नभएर स्वेच्छिक हो । मनलागे प्रयोग गर्ने मन नलागे नगर्ने हो । 

    सडक बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीले भने अनुसार  यो दस्तुर वैज्ञानिक अध्ययन र सवारीसाधनलाई लाग्ने वास्तविक खर्चका आधारमा गरिएको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij