Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

सौर्य एयरलाइन्स दुर्घटना मानवीय त्रुटीबाट भएको सरकारी अध्ययनको निष्कर्ष

सौर्य एयरलाइन्स दुर्घटना मानवीय त्रुटीबाट भएको सरकारी अध्ययनको निष्कर्ष

  • काठमाडौं । गत वर्ष साउन ९ गते भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना मानवीय त्रुटीका कारण भएको सरकारी छानबिनले निष्कर्ष निकालेको छ। सरकारद्वारा गठित दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिश चन्द्रलाल सुमनले बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा प्रतिवेदन प्रस्तुत गर्दै यो जानकारी दिएका हुन्।

    उनका अनुसार प्राविधिक खराबी वा मौसमीय कारण नभई ‘ह्युमन फ्याक्टर’ मुख्य कारणका रूपमा देखिएको छ। जहाज ट्याक्सी वेबाट मेन रनवेतर्फ नउडी कोटेश्वरतर्फ मोडिएर १८० डिग्री घुम्दा दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ।

    दुर्घटनामा १९ यात्रुमध्ये केवल क्याप्टेन मात्र जीवित थिए। पाइलटसँग ६,०८५ घण्टा उडान अनुभव थियो भने को–पाइलटसँग १,८२४ घण्टा अनुभव रहेको आयोगको तथ्यांकमा उल्लेख छ।

    प्रतिवेदनका अनुसार मौसम अनुकूल थियो, जहाजमा प्राविधिक समस्या थिएन, र उडान समय सीमा उल्लंघन पनि भएको देखिएन। तर, धेरै यात्रुले सिट बेल्ट नबाँधेको, र दुर्घटनापछि रेस्क्युमा ढिलाइ भएको कारण थप ज्यान बचाउन नसकेको आयोगको निष्कर्ष छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij