Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

कृषि मन्त्री अधिकारीः पर्याप्त बजेट नभएकाले मल आपूर्ति चुनौतीपूर्ण

कृषि मन्त्री अधिकारीः पर्याप्त बजेट नभएकाले मल आपूर्ति चुनौतीपूर्ण

  • काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल खरिद गर्न पर्याप्त बजेट नभएको बताएका छन्।

    बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले मलमा अत्यधिक अनुदान रहेका कारण उपलब्ध बजेटले आवश्यक मात्रा आपूर्ति गर्न कठिन भएको बताए। उनले युरिया मलमा ८२ प्रतिशत, डीएपीमा ८४ प्रतिशत र पोटास मलमा ४९ प्रतिशत अनुदान रहेको जानकारी दिएका छन्।

    हाल वार्षिक मलको माग १३ लाख टन रहेकोमा चालू आर्थिक वर्षमा मन्त्रालयले ६ लाख टन मल आपूर्ति गर्ने योजना बनाएको मन्त्रीले बताए। खरिद गरी ल्याइने ९० प्रतिशत मल बढी खपत हुने क्षेत्रमा वैज्ञानिक आधारमा वितरण गर्ने व्यवस्था प्रदेश सरकारमार्फत मिलाइएको उनले उल्लेख गरे।

    मन्त्री अधिकारीले आफ्नो कार्यकालमा मल आपूर्तिलाई सहज बनाउन प्राथमिकताका साथ काम गर्दै आएको र आपूर्ति तथा वितरणलाई सहज बनाउन कानुनी तथा प्रक्रियागत व्यवस्थाहरू मिलाइएको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij