Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

अपि पावरले दिव्य ज्योति हाइड्रोपावरको सम्पूर्ण स्वामित्व लिँदै

अपि पावरले दिव्य ज्योति हाइड्रोपावरको सम्पूर्ण स्वामित्व लिँदै

  • काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर प्रालिको सम्पूर्ण स्वामित्व लिने भएको छ ।अपि पावरले यसका लागि  निर्णायक कदम चालेको  हो । मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल दिव्य ज्योति हाइड्रोपावरमा रहेको सम्पूर्ण सेयर खरिद गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ।

    दिव्य ज्योति हाइड्रोपावरले ५० मेगावाट क्षमताको मस्याङ्गदी बेसी जलविद्युत आयोजना निर्माणको तयारी गरिरहेको छ। पूर्ण स्वामित्व प्राप्त भएपछि अपि पावरले उक्त आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापनमा प्रत्यक्ष नियन्त्रण प्राप्त गर्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij